Ultimate magazine theme for WordPress.

जितको खुशीयाली मनाउँदा मनाउँदै प्रशिक्षकको मृ’त्यु

294

काठमाडौं । इजिप्टका फुटबल प्रशिक्षक एडम एल सल्हेदारको जितको खुशीयाली मनाउने क्रममा भएको हृदयघा’तका कारण मृ’त्यु भएको छ ।बिहीबार इजिप्टको सेकेण्ड लिग अन्तर्गत एल जाग्राविरुद्धको खेलमा ९२औं मिनेटमा गोल गरेको थियो ।

अन्तिम मिनेटमा गोल गरेपछि खुशीयाली मनाउने क्रममा एल मग्डका ५३ वर्षीय प्रशिक्षक एल सल्हेदारलाई हृदयघा’त भयो ।उनलाई हस्पिटल लगिएको थियो, तर मृ’त्यु भएको छ । इजिप्टका चर्चित प्रशिक्षक सल्हेदारले खेलाडी जीवनमा इजिप्टियन प्रिमियर लिगको उपाधि समेत जितेका थिए ।

उनको क्लब एल माग्डले आगामी खेलहरु रोकेर ६ दिन शोक मनाउने निर्णय गरेको छ ।त्यस्तै इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडले दुई पटक पछि परेको अवस्थालाई उ’ल्टाउँदै अंक तालिकाको शीर्षस्थानमा रहेको चेल्सीलाई प’राजित गरेको छ ।

घरेलु मैदानमा वेस्ट ह्यामले अन्तिम समयमा गोल गर्दै ३-२ को रोमान्चक जित दर्ता गर्यो । चेल्सीले खेलको २८ औं मिनेटमा थियागो सिल्भाको गोलमा अग्रता लिएको थियो । मेसन माउन्टको कर्नरमा सिल्भाले हेडरमार्फत गोल गरेका थिए । तर वेस्ट ह्यामले ४० औं मिनेटमा पे’नाल्टीमार्फत बराबरीको अवसर पायो ।

जर्जिन्होको ब्याक पासलाई जेरड बोवेनले भेटेपछि उनलाई रोक्ने क्रममा गोलरक्षक एडुआर्ड मेन्डीले फल गरेपछि घरेलु टोलीले पे’नाल्टी पाएको थियो । म्यानुएल लान्जिनीले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर पहिलो हाफको एक मिनेट समय बाँकी रहँदा चेल्सीले पुन: अग्रता लियो ।

हाकिम जिएचको क्रसमा माउन्टले भलीमा गोल गरेका थिए ।दोस्रो हाफको ५६ औं मिनेटमा वेस्ट ह्यामले खेल बराबरीमा ल्यायो । भ्लादिमिर कौफलको पासमा बोवेनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गरे । खेलको ३ मिनेट बाँकी रहँदा अर्थर मासुआकुले उत्कृष्ट गोल गर्दै टोलीको जित पक्का गरे ।

बायाँ विंगबाट उनले गरेको लामो प्र’हारमा गो’लरक्षक मेन्डी बिट भएका थिए ।यस जितसँगै वेस्ट ह्यामले अंक तालिकामा चेल्सीसँगको दुरी ६ अंकमा झारेको छ । टोली १५ खेलमा २८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । चेल्सीको १४ खेलमा ३३ अंक छ ।