आइतबार १६ आश्विन २०७९

काठमाडौं । अनधिकृत संरचना हटाउन बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) सहितको टोली शंखमूल र बानेश्वरमा पुगेको छ ।

बिहीबार बिहान मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउामा मेयर सहितको टोली पुगेका हुन् ।

बालेनसाग घर धनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन् ।बालेन नेतृत्वको टाेलीले अवैरध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ ।बानेश्वर र शंखमुल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीहरुलाई भाडा दिएका ठाउामा पनि बालेन पुगेका छन् ।

व्यवसायीहरुलाई घरबेटीलाई बेसमेन्ट पार्किङको लागि भन्दै घरबेटीलाई जानकारी गराउनुस भन्दै सटर लगाएर प्याकिङ गर्न निर्देशन दिएका छन् ।बालेनसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन्।

बालेन नेतृत्वको टोलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ। टोलीले ३ घण्टापछि प्याकिङ गरेको नगरेको हेर्न आउने समेत बताएको छ । अन्डरग्राउन्डमा रहेका जुत्ता पसल, मोबाइल पसल, बुटिक लगायत क्षेत्रमा महानगरको टोलीले अनुमगन गरिरहेको छ ।

आजै बानेश्वरको अल्फाबिटामा पनि बालेनले अनुगमन गर्दैछन् ।एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।

अनुगमनका क्रममा घरबेटीहरूले नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा मोटो रकमको लोभमा होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ ।


Last Updated on: August 25th, 2022 at 12:13 pm

तपाईको प्रतिक्रिया