Ultimate magazine theme for WordPress.

काठमाण्डौको थापाथलीमा गाडीको ठ’क्करबाट स्कुटर चालकको मृ’त्यु , एक जना घा’इते

334

काठमाण्डौको थापाथलीमा गाडीको ठ’क्करबाट एक जनाको ज्यान गएको छ । अर्का एक जना घा’इते भएका छन् । थापाथली र त्रिपुरेश्वरको बीचमा रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि बा २ ख ७३२७ नम्बरको गाडीले बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठ’क्कर दिँदा स्कुटरका चालक काभ्रेको पनौती घर भइ अहिले काठमाण्डौको सीतापाइला बस्ने १९ वर्षका सुजन सापकोटाको ज्यान गएको हो ।

दु’र्घटनामा स्कुटर पछाडि बसेका काभ्रेको पनौती घर भइ सीतापाइला बस्ने २२ वर्षका आशिष हुमागाईँ घा’इते भएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हुमागाईँको अहिले न’र्भिक अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा सिंहदरबारले पक्राउ गरेको छ ।

यो पनि – कञ्चनपुरमा भारतीय नम्बरको गाडीको ठक्करबाट एकजनाको मृ’त्यु भएको छ। आइतबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका २ बाणीमा पूर्वबाट पश्चिमतर्फ आइरहेको भारतीय नम्बरको कारले ठ’क्कर दिँदा बाणीका तारा नाथको मृ’त्यु भएको प्रहरीले जनाएको छ।

कार चालक सोही ठाउँका ३९ वर्षीय वीरेन्द्र सिंह फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कार भने प्रहरीले नियन्त्रणमा लिएको छ। ठ’क्करबाट घ’टनास्थलमै नाथको मृ’त्यु भएपछि बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको प्रहरीले जनाएको छ।