Ultimate magazine theme for WordPress.

कमल थापा पराजित भए पनि परिवारका दुई सदस्य विजयी

158

राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका दुई जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन् ।

छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा कमलका भाइ गणेशका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् । यसैबीच पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् ।

यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् । उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् ।सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि आरोप लगाएका छन् ।

‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।,’ उनको भनाइ छ ।

उनले लेखेका छन् – प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना। प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु।

पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। Congrats @GBBShah . Thank you मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।