Ultimate magazine theme for WordPress.

विजयी भए लगत्तै लिङ्देनले भने- ६ महिना भित्रमा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा सबैलाई ए

84

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिना भित्रमा रा’ज संस्था र हि’न्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका छन् । अध्यक्षमा निर्वाचित भएपछि प्रति क्रिया दिँदै उनले राप्रपा बाहिर भएका राजसंस्था र हिन्दूराष्ट्र चाहिन्छ भन्ने सबै संघ–संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर लैजाने बताएका छन् ।

‘राप्रपा बाहिर भएका राज’ संस्था र हि’न्दूराष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संघ संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ । र, त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ । जहाँबाट छिटो हुन्छ त्यतैबाट रा’ज संस्था स्थापना गछौँ’, लिङ्देनले भने । उनले राप्रपाको कमिकमजोरी सच्याएर काँग्रेस, कम्युनिस्ट पार्टीको विकल्प मात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने बताए ।

‘राप्रपाको ३१ वर्षको इतिहासमा खिइँदै खिइँदै कमजोर हुँदै आउने क्रममा अहिले सर्वाधिक कमजोर अवस्थामा छ’, उनले भने, ‘यो राष्ट्रिय पार्टीको रूपमा समेत छैन । विभा जित हाम्रो पार्टी फेरि हामीले एकीकरण गर्यौं । एकीकरण गरेको दुुई वर्ष बित्दा पनि हाम्रा नेताहरूले पार्टीमा सुधार र विकासका कुनै संकेतहरु देखाउनु भएन । यो बीचमा ठूलाठूला राष्ट्रिय मुद्दाहरू र घटनाहरू भए त्यस्तो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन । त्यस्तो अकर्मण्य मात्र भएन, बरु उहाँहरू झगडा गरेर बस्नुभयो ।’

उनले पुस्तान्तरणको कुरा कांग्रेस-एमालेमा उठे पनि त्यो सफल नभएको बताए। ‘पुस्तान्तरणको कुरा कांग्रेस-एमालेमा उठ्यो तर, सफल भएन। राप्रपामा हुने नेतृत्व हस्तान्तरणले अन्य पार्टीलाई पनि छोयो होला,’ उनले भने। अध्यक्ष लिङ्देनले आफूहरुसँग इमान्दा रिता र निष्ठाको कमी नभएको बताए। ‘हामीलाई श्रद्धय कमल थापाको उतिकै खाँचो छ। विचारलाई जीवन्त राख्न उहाँको सक्रियतालाई कहिल्यै पनि बिर्सिन सकिँदैन। उहाँको योगदानको खाँचो अहिले पनि छ,’ उनले भने।