Ultimate magazine theme for WordPress.

आगामी निर्वाचनमा हाम्रो पार्टी देशकै पहिलो शक्ति बन्छ : माधव नेपाल

48

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टी देशकै पहिलो शक्ति हुने दाबी गरेका छन्। नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेश कमिटीले सोमबार झापाको दमकमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । अन्य पार्टीले हावादारी गफ मात्रै गर्ने गरेको बताउदै उनले अहिले समाजवादी पार्टीमा जनताको आकर्षण बढिरहेको बताए।

नेपाल खेलकुद महासंघ समाजवादी १ नम्बर प्रदेशका अध्यक्ष शंकर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष घनेत्र बस्नेत, केन्द्रीय सचिव एवम् १नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई,नेपाल खेलकुद महासंघ समाज वादीका केन्द्रीय अध्यक्ष केशव बिष्ट लगायतका नेताले बोलेका थिए । खेलकुदका विभिन्न विधामा खेल प्रदर्शनी समेत गरिएको कार्यक्रममा १ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट बाक्लो संख्यामा नेता तथा कार्यकर्ताको सहभागी रहेको थियो ।

नेपालले भने, ‘२०७४ सालको चुनावमा एमालेले राप्रपा र माओवादीसँग साँठगाँठ गर्न हुने, अहिले हामीले गर्न नहुने के छ ? शक्ति बढाउनका लागि तालमेल गरिन्छ । सरकारमा बस्ने सबैका बीचमा सहमति भइसकेको छ ।’ यद्यपि, अब देशमा एकीकृत समाज वादीबाहेक अरु पार्टीको भविष्य नै नरहेको उनले ठोकुवा गरे । ‘भविष्य कसैको छ भने एकीकृत समाजवादीको छ, बाँकी पार्टीको पत्तासाफ हुनेवाला छ,’ उनले भने । मिलेर चुनाव लड्ने विषयमा आशंका नगर्न नेपालले आग्रह गरे । एक्लै चुनाव ल’ड्न हिम्मत नगरेको भनेर हुने गरेका टिप्पणीको जवाफ दिँदै उनले २०७४ सालको चुनाव सम्झिए ।