Ultimate magazine theme for WordPress.

अब ‘महाफन्टुस’ फिल्म बनाउँछु : निखिल उप्रेती

94

काठमाडौं । नायक निखिल उप्रेती पछिल्लो समय ‘आध्यात्मिक गुरु’ बनेका छन् । कुनै समय फिल्ममा भ्याइनभ्याइ हुने गरेका उनलाई अचेल जीवन र जगत बारे गहन ढंगले ब्याख्या र विश्लेषण गरेको देख्न पाइन्छ । उनले को’रो ना महा मारीको दोस्रो लहर सुरु हुनुभन्दा अगाडि ‘समबोधी अभियान’ को समेत थालनी गरेका थिए । तर, को-रोनाका कारण उनले यो अभियानलाई अगाडि बढ्न पाएनन् । आफ्नो करिअरमा २ सय फिल्ममा अभिनय गरेका निखिल फिल्म ‘पिंजडा ब्याक अगेन’ पछि अभिनयबाट टाढा छन् ।

को-रोना महामारी भन्दा अगाडि उनी आफ्नो कमब्याक फिल्म ‘भैरव’ को सिक्वेल निर्माणको तयारीमा थिए । तर, अब यो फिल्म नबन्ने भन्ने चर्चा फिल्मवृतमा छ । हालै सञ्जय सिलवाल गुप्ताको शोमा उनले आफू नयाँ फिल्मको तयारीमा रहेको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘अहिले म नयाँ फिल्मको तयारीमा छु । अब म महाफन्टुस फिल्म पनि बनाउँछु । म कमर्शियल फिल्म बनाउन चाहन्छु । तर, कमर्शियल भित्र शिक्षा हुँदैन । शिक्षामुलक फिल्म पनि बनाउने सोचमा भने छु । तर, बजारमा चल्ने बहस जस्तो शिक्षामुलक फिल्म चाहिँ बनाउँदिनँ ।’ नयाँ फिल्मका लागि आफूलाई कलाप्रति क्रेजी भएका व्यक्तिहरु चाहिएको उनले बताए ।

सञ्जयको शोमा निखिलले आफू बम्बई (हालको मुम्बई) मा बसेर गरेको सं’घर्षका दिन पनि सम्झिएका छन् । उनले भनेका छन्, ‘म मुम्बई किन गएकोे आफैंमा स्पष्ट थिएन । मलाई ज्याकी च्यान जस्तै पनि बन्नु थियो । तर, कलाकार बन्ने सोच थिएन । अरुले गरेको ड्रामा हेर्दा म आफैंलाई लाज लाग्थ्यो, आफैंले गर्ने त कुरै थिएन । तर, खासमा म फिल्म पढ्नका लागि भनेरै बम्बई गएको थिएँ ।’

उनलाई मुम्बईको पहिलो दिन अझै पनि याद छ । उनी बम्बई झर्ने वितिक्कै सुनिल शेट्टीको होटल ‘ब्रडवे’ मा बसेका थिए । उनले त्यो होटलमा करीब १ महिना विताए । ‘मैले एक महिना त्यो होटलको झ्याल बाट बम्बईको रोड हेरेर विताइ दिएँ, ताकी भित्रको इनर्जीले मलाई बाहिर निकालोस्,’ उनले भने । एक महिनामा होटलपछि बसेपछि उनले रोशन तनेजाबाट अभिनयको कोर्ष लिए ।