Ultimate magazine theme for WordPress.

सोमबार ओमिक्रोन संक्रमण देखिएको दुई जनाको मंगलबार रिपोर्ट नेगेटिभ !

168

काठमाडौं – नेपालमा को-रोना भइरसको ओमिक्रोन भेरियन्ट भेटिएका दुई जना विदेशी नागरिक को-रोना संक्रमणमुक्त भएका छन्। मंगलबार गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार दुबै जना नागरिकको नमुना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको छ। उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।

मन्त्रालयले सोमबार नेपालमा रहेका २ जना विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको जानकारी दिएको थियो। ६६ र ७१ वर्षका दुई विदेशीमा ओमिक्रोन देखिएको थियो। उनीहरु दुबै जना होटल क्वारेन्टिनमा छन्। उनीहरु मात्र नभई उनी हरुको सम्पर्कमा आएका ७८ जनामा पनि को-रोना नेगेटिभ रिपोर्ट आएको डा पौडेलले जानकारी दिए।

नयाँ भेरियन्ट ओमिक्रोनले अहिले संसारको ध्यान तानेको छ। झन्डै दुई वर्षअघि फैलिएको को-रोना महामारी मत्थर हुँदै गएका बेला केही साताअघि दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रोनले संसारभरि फेरि अनिश्चितता ल्याएको छ। यसअघि फैलिएका भेरियन्टबाट ठूलो क्षति व्यहोरेका मुलुकहरूले अहिले ओमिक्रोनलाई निकै चनाखो भएर हेरिरहेका छन् । कतिले विदेशी प्रवेशलाई प्रतिबन्ध गरेका छन् भने देश भित्र पनि भ्याक्सिन लगाउने र स्वास्थ्य मापदण्डमा कडाइ गरि रहेका छन् । विशेषज्ञहरूले भने ओमिक्रोनबारे अहिले आत्तिनु नपर्ने तर सावधानी भने अपनाउनु पर्ने सुझाव दिएका छन्।

ओमिक्रोन भेरियन्ट पहिलो पटक देखिएको दक्षिण अफ्रिकामा भएका प्रारम्भिक अनुसन्धानले भने ओमिक्रोन बढी संक्रामक भए पनि यो बिरामीलाई सिकिस्त पार्ने खालको नभएको देखाएका छन्। सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ओमिक्रोनका कारण महामारी बढिरहेको भएपनि यो अरू भेरियन्टभन्दा कम सिकिस्त पार्ने खालको भएको बताएका छन्। रामाफोसाले भनेझैं अहिले दक्षिण अफ्रिका संक्रिमत ह्वात्तै बढिरहेका छन्। केही महिनाअघिसम्म दैनिक ३ सय जना संक्रमित थपिने गरेकोमा शुक्रबार, शनि बार १६ हजार बढी संक्रमित थपिएका थिए। फाईल तस्बिर