Ultimate magazine theme for WordPress.

यूएईमा साढे चार दिनकाे कार्य हप्ता ताेकियाे, अब शुक्रवार आधा दिनपछि बिदा

149

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) ले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोकेको बताएको छ। यसअघि हप्तामा दुई दिन बिदा दिँदै आएकोमा अब शुक्रवार आधा दिनपछि बिदा दिएर साढे चार दिनको कार्य हप्ता तोकेको गल्फ न्यूजले जनाएको छ । विश्वका अरू देशमा अहिले पाँच तथा ६ दिनको कार्य हप्ता रहेको छ । साढे चार दिनको कार्य हप्ता आउँदो जनवरी २ देखि लागू हुनेछ ।

सबै सङ्घीय सरकारी विभागमा जनवरी १ तारिखदेखि नै नयाँ कार्य हप्ता लागू हुनेछ । कर्मचारीहरूलाई दैनिक काम गर्ने समय आठ घण्टा तोकिएको छ। शुक्रवार साढे चार घण्टा मात्रै काम गर्नुपर्ने छ । शुक्रवार कर्मचारीहरूलाई घरबाटै काम गर्ने सुविधा वा केही लचिलो कार्यसूची लागू हुनेछ । कार्य हप्ता छोट्याउँदा उत्पादकत्व बढ्ने तथा कर्मचारीलाई काम र जीवनयापनको तालमेलमा सहज हुने यूएई सरकारलाई उदृत गर्दै गल्फ न्यूजले जनाएको छ ।

यो पनि, चिनीको प्रतिकेजी मूल्य १०० रुपैयाँ पुग्यो :पछिल्लो समय चिनीको प्रतिकेजी मूल्य १०० रुपैयाँ पुगेको छ । असारयता किलोमै २५ रुपैयाँले वृद्धि भएर चिनीको मूल्य १०० रुपैयाँ सम्म पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । गत असारमा चिनीको बजार मूल्य ७५ रुपैयाँ मात्र थियो। ‘असारसम्म चिनीको मूल्य नियन्त्रित नै थियो तर त्यसयता निरन्तर बढेर सय रुपैयाँ पुगेको छ’ खुद्रा व्यवसायी कविन्द्र श्रेष्ठले भने, ‘होलसेलमा नै चिनीको मूल्य ९३ रुपैयाँभन्दा माथि पुगेको छ ।’ बजारमा भारतीय चिनी मात्रै रहेको र हरेक दिनजसो मूल्य बढेको भनेर ग्राहकलाई भन्न पनि लाज भएको श्रेष्ठले बताए ।

नेपाल खुद्रा व्यापार संघका निर्वतमान अध्यक्ष पवित्रा बज्राचार्यका अनुसार अहिले ५० किलो (एकबोरा) चिनीको होलसेल मूल्य कम्तीमा ४ हजार ६२५ रुपैयाँ पर्छ। केही होलसेलरले ५ हजार सम्ममा चिनी बिक्री गर्ने गरेका छन्। होलसेलबाट खरिद गर्दा नै किलोमा ९४ रुपैयाँसम्म लागत पर्ने चिनीको खुद्रा बजार मूल्य एक सय रुपैयाँ नाघेको उनको भनाइ छ । उनका अनुसार दशैं र तिहारको समयमा बढेको मूल्य अहिले पनि यथावत नै रहेको छ । चिनीको खुद्रा बिक्री गर्ने साल्ट ट्रेडिङले चिनीको मूल्यमा एकाधिकार कायम गरेको उनको आरोप छ । यता साल्ट ट्रेडिङले भने आफूले चिनी किलोको प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गर्ने गरेको जनाएको छ ।