Ultimate magazine theme for WordPress.

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म !

117

काठमाडौं : नेपाल सरकारले १० हजार नेपाली नर्स बेलायत पठाउने भएको छ । सरकारले रोजगारीको लागि १० हजार नर्स बेलायत पठाउन आवश्यक तयारी थालेको छ । सरकारले थालेको छलफल अनुसार नेपाली नर्सले बेलायतमा मौका पाएमा आकर्षक आम्दानी गर्ने देखिएको छ । बेलायतले आफ्ना नर्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म पाइ रहेकाले त्यसै अनुसार तलब दिने प्रस्ताव गरेको छ । बेलायतमा नेपाली नर्सलाई रोजगारीको अवसर दिनेबारे दुई देश बीच औपचारिक सम्वाद अघि बढिसकेको छ ।

बेलायत सरकारले औपचारिक पत्र काटेरै नेपाली नर्सलाई आफ्नो ‘नेसनल हेल्थ प्रोग्राम’अन्तरगत अवसर दिन चाहेको बताएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक कार्यदल नै बनाएर वार्ता अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेका अनुसार बेलायतले विभिन्न देशमा गरेर एक लाख नर्स लैजान खाजेको बुझिएको छ।तर, नेपालबाट कति नर्स, कहिलेसम्म, कुन मापदण्ड, विधि, प्रक्रियाबाट लैजान चाहेको हो भन्ने स्पष्ट नभएको उनले बताए । यसबारे वार्ता गर्न मन्त्रालयकी सहसचिव विनु बज्राचार्यको संयोजकत्वमा बनेको समितिले छलफल अघि बढाएको घिमिरेले जानकारी दिए ।

अनौपचारिक रुपमा बेलायत सरकारले नेपालबाट १० हजारजना नर्सलाई रोजगारी दिनसक्ने बताएको मन्त्रालयबाट हालै सरुवा भएका सचिव सूर्यप्रसाद गौतमले सार्वजनिक कार्यक्रमहरुमै बताउँदै आएका छन्। बेलायतले फिलिपिन्स, भारत र नेपालबाट नर्सिङ क्षेत्रका श्रमिक लैजान चाहेको बुझिएको छ । सरकारी स्तरमै सम्झौता गरेर नर्स लैजान चाहेकाले सरकारीस्तरमा (जीटुजी) समझदारी गर्न अहिले दुवै देशका श्रम अधिकारीहरू नियमित वार्तामा जुटेका छन् । छनोट भएर जाने नर्सले वार्षिक ४८ हजार पाउन्ड स्टर्लिङ (मा सिक ४ हजार पाउन्ड) अर्थात् करीब ७५ लाख रुपैयाँसम्म तलब पाउने जानकारी बेलायतले दिएको मन्त्रालयका प्रवक्ता घिमिरेले बताए । अनलाईन खबरमा समचार छ ।