Ultimate magazine theme for WordPress.

सीमा नाकामा ओमिक्रोनको त्रा’स, भारतबाट भित्रिनेहरू विशेष निगरानीमा

49

कञ्चनपुर : भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए। लाइन लागेको केही समयमै उनको एन्टिजेन परीक्षण भयो । एन्टिजेनको रिपोर्ट आएपछि स्वास्थ्यकर्मीले रोका मगरलाई बोलाए र छुट्टै बस्न आग्रह गरे । तर, उनीसँगै आएका साथीहरू भने आफ्नो सामान बोकेर बाटो लागे । भारतमा रोजगारी गरेर घर फर्किएका ५० वर्षीय रोकामगरको को-रोना संक्रमण (एन्टिजेन रिपोर्ट पोजेटिभ) देखिएपछि स्वास्थ्यकर्मीले उपचारका लागि महाकाली अस्पताल पठाए ।

यस्तै गत बिहीबार भारत बाट फर्किदै गरेका दैलेखका २६ वर्षीया पार्वती विक र उनका ८ वर्षीय छोरा रमित विकमा पनि एन्टिजेन रिपोर्ट पोजेटिभ आयो । उनीहरूलाई पनि अहिले महा काली अस्पतालको आइसोलेसनमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार अहिले कञ्चनपुरमा ४० जनामा कोरोना संक्रमण देखिएको छ । गत महिनासम्म को-रोनाको संक्रमणदर न्यून रहे पनि पछिल्लो समय भने विस्तारै बढ्न थालेको स्वास्थ्यकर्मी बताउँछन् ।

नाकामा सर्तकता : को-रोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सं’क्रमण देखिएसँगै कञ्चनपुरको पश्चिमी नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतबाट भित्रिने व्यक्तिबाट हुन सक्ने जो’खिमलाई मध्यनजर गर्दै गड्डाचौकी र गौरी फन्टा नाकामा स्वास्थ्य परीक्षणको दायरा फराकिलो पारिएको हो । भारतबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षण र खोप नलगाएकाहरूलाई नाकामै खोपको व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका अनुसार नाकामा पोजेटिभ देखिएकाबाट ओमिक्रोनको संक्रमण भित्रिने सक्ने भएकाले उनीहरूको स्वाब परीक्षणका लागि काठमाडौं पठाउने गरिएको छ ।

ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापद’ण्ड अपनाउँदै नाकामा उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनार बताए । ‘हामी कहाँ कोरोना सर्ने भनेको भारतबाट भित्रिएर हो,’ स्वास्थ्य प्रमुख सुनारले न्युज कारखानासँग भने, ‘त्यसैले नाकामा एन्टिजेन परीक्षण र खोपको व्यवस्था गरेका छौँ ।’ नाकामा परीक्षण गर्दा पोजेटिभ देखिएकाहरूलाई उच्च निगरानीमा राख्दै उनीहरूको स्वाब परीक्षणका लागि काठमाडौ पठाउने गरिएको छ ।

‘ओमिक्रोन को-रोनाको नयाँ भेरियन्ट भएकाले स्वास्थ्य मान्त्रालयले नाकामा पोजेटिभ देखिएका संक्रमितको रिर्पोट मागेको छ’ उनले भने, ‘संक्रमितहरूको ओमिक्रोन परिक्षणका लागि महाकाली अस्पतालले स्वाब लिएर धनगढी प्रयोगशाला हुँदै केन्द्रीय प्रयोगशालामा पठाउने गरेको छ ।’ ओमिक्रोन परिक्षणको रिर्पोट नआउँदासम्म संक्रमित व्यक्तिलाई महाकाली अस्पतालको आइसोलेसनमै राखेर उपचार गरिने उनले बताए ।

भारत प्रवेशमा कडाइ : को-रोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि भारतले पनि सीमा नाकामा कडाइ गरेको छ । यसरी भारत जानेहरूलाई खोप लगाएको कार्ड र परिचयपत्र अनिर्वाय गरिएको छ । भारतले को-रोना खोपको दुवै मात्रा लगाएको १५ दिनपछि मात्र नेपाली नागरिकलाई प्रवेश गर्न दिने व्यवस्था गरेको छ ।