Ultimate magazine theme for WordPress.

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

47

काठमाडौं : कुनैबेला कर्णालीमा चिकित्सक नभएर अका’लमै मानिसको ज्या’न जा’ने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानु पर्ने वाध्यता थियो। तर अहिले त्यही कर्णालीमा दक्ष, विशे षज्ञ सहितका सयभन्दा बढी चिकित्सकले विशिष्टिकृत सेवा दिइरहेका छन् । अझ अर्को खुशीको कुरा त यो छ कि सिटामोल र जीवनजल नपाएर छट्पटाउने कर्णाली अहिले आफैँले अस्पताल र दक्ष चिकित्सक उत्पादन गरिरहेको छ ।

पहिले बिरामीको उपचारगर्न अस्पताल र चिकित्सक नभएर सुर्खेत र नेपालगञ्ज पठाउने गरेको कर्णालीले अहिले आफैँदक्ष चिकित्सक उत्पादन गरेर देशका विभिन्न ठाउँमा पठाउने तयारीमा देखिन्छ। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शास्त्रमा स्नातक तह (एमबीबीएस) र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ । प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा चिकित्सक पुगेर जनताले गुणस्तरीय स्वास्थ्य सेवासमेत पाइरहेका छन् ।

विसं २०६९ मा साविकको अञ्चल अस्पताललाई प्रतिष्ठानकै ३०० शय्याको अस्पतालमा रुपान्तरण गरेपछि कर्णालीका जनताले सुर्खेत र नेपालगञ्ज आउनुपर्ने बाध्यता हटेको हो । विसं २०६८ मा ऐन मार्फत प्रतिष्ठान स्थापना गरेर सरकारले कर्णालीका जनतालाई स्वास्थ्य सेवा पुर्याइरहेको छ । प्रतिष्ठानले कर्णालीमा यसै वर्षदेखि चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस)को पढाइ सुरु गरेको छ । यही मङ्सिर १९ गतेबाट चिकित्सा शास्त्रमा स्नातक तह (एमबिबीएस) पढाइ सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो ।

राष्ट्रपतिबाट शिलान्यास : राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीको जुम्लामा सञ्चालन भएको एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको उद्घाटन र चिकित्सा शिक्षाको शैक्षिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यही मङ्सिर २६ गते राष्ट्रपति भण्डारीले एमबिबीएसलगायत शैक्षिक कार्यक्रम र शैक्षिक भवनको जुम्ला सदरमुकाम खलङ्गामा शिलान्यास गर्नुहुने उपकुलपति डा रावलले जानकारी दिनुभयो । करिब ६८ करोड रुपैयाँमा दुईवटा पाँचतले भवन बन्नेछन। कर्णालीमा यही मङ्सिर १९ गतेदेखि एमबिबीएस २०, स्नातक तहमा नर्सिङ (बिएन) २० र ब्याचलर अफ फार्मेसी (बिफार्मेसी)मा २० जना विद्यार्थीको पढाइ सुरु भएको छ ।

विगत केही वर्षदेखि नै प्रवीणता प्रमाणपत्र तह नर्सिङ, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ (बिपीएच) सुरु भइसकेको छ । यस्तै प्रतिष्ठानमा नै चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहको पढाइ पनि सुरु भएको छ । बालरोग, एनेस्थेसिया र एमडीको जन रल प्याट्रिक्समा (जिपी) गरी तीन विषयमा स्नातकोत्तर तहको पढाइ गत बर्षबाट सञ्चालन भएको प्रतिष्ठानका डिन डा रमेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अब प्रतिष्ठानमा चिकित्सा शिक्षामा विद्यावारिधि, नर्सिङमा स्नातकोत्तर तह र पब्लिक हेल्थमा स्नातकोत्तर तहको पढाइ सञ्चालनको तयारी भइरहेको छ ।

प्रतिष्ठानमा विशेषज्ञ सेवा : प्रतिष्ठानकै अस्पतालबाट बिरामीलाई विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइ रहेको छ । प्रतिष्ठानमा अहिले नाम चलेका राम्रा विशेषज्ञ दक्ष चिकित्सकबाट विशिष्ट र विशिष्टकृत सेवा उपलब्ध गराइरहेको उपकुलपति डा रावलले बताउनुभयो । छातीरोग, हाडजोर्नी, न्यूरो, बालरोग, स्त्री तथा प्रसूति, नाक, कान र घाँटी, आँखा, छालारोग, दन्त, मेडिसिन, जनरल सर्जरी, क्रिटिकल केयर, मानसिक रोग, फिजियोथेरापीजस्ता विशिष्ट र विशिष्टकृत सेवा प्रदान गर्दै आइरहेको छ । त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालमा काम गरेका विशेषज्ञ चिकित्सक, प्राध्यापक अहिले प्रतिष्ठानमा रहेर काम गरिरहेका छन् ।

न्यूरोलोजिष्ट डा सुनन्द पौडेल, छातीरोग विशेषज्ञ डा अनुशस्मृति पाल, सघन उपचार विशेषज्ञ डा प्रवीण गिरी रहनुभएको छ । यस्तै मेसिनबाट पत्थरीको शल्यक्रिया, हाडजोर्नीका ठूलो शल्यक्रिया लगायत ठूला शल्यक्रिया कर्णालीको प्रतिष्ठानकै अस्पतालमा हुने गर्दछ । “हामीले कर्णालीका जनतालाई जुम्लामा नै विशेषज्ञसहितको सबै स्वास्थ्य सेवा पुर्याइरहेका छाैँ”, डा रावलले भन्नुभयो, “अब हामीले कर्णालीका कुनै नागरिकलाई उपचार गर्न अन्यत्र सिफारिस गर्दैनौँ । हामी सबै सेवा यहीँ दिन्छाैँ ।” अहिले प्रतिष्ठानले दैनिक चार सय भन्दा बढी कर्णालीका जनतालाई सेवा उपलब्ध गराइरहेको छ ।

प्रतिष्ठालले कर्णालीका जनतालाई दुई किसिमले सेवा प्रदान गरि रहेको छ । एक प्रतिष्ठानकै अस्पतालमा बिरामीले उपचार गराइरहेका छन् भने अर्को प्रतिष्ठानले समय–समयमा घुम्ती शिविर राखेर सेवा प्रदान गरिरहेको छ । सङ्घीय, प्रदेश र स्थानीय तह सरकारको आग्रहमा हामीले समय–समयमा कर्णालीका जनताका घरमा पुगेर सेवा दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “वर्षमा कर्णाली प्रदेशका १३ वटा जिल्लामा घुम्ती शिविर सञ्चालन गर्दछौँ।” अहिले अस्पतालमा १२ स्थायी चिकित्सक र करारमा ७० चिकित्सक कार्यरत रहेका छन् । यस्तै प्रतिष्ठानमा करिब ४०० स्वास्थ्यकर्मीसहितका कर्मचारी रहेका छन् ।

प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आफूहरुसँग सबै दक्ष विशेषज्ञसहितको चिकित्सक भए पनि उपकरण अभावका कारणले सबै सुविधा दिन नसकेको बताउनुभयो । उहाँले एमआरआई र अन्य उपकरणको अभाव हुँदा कर्णालीका जनतालाई अझ सेवा दिन नसकेको बताउनुभयो । पिछडिएको क्षेत्र कर्णालीमा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको काम गर्ने भनेर प्रतिष्ठान स्थापना गरिएको हो र अहिले तिनै क्षेत्रमा प्रतिष्ठानले काम गरिरहेको छ ।

स्वास्थ्य सूचाङ्कमा प्रगति : कर्णालीमा स्वास्थ्य सेवा पुगेकाले अहिले त्यहाँका मानिसको स्वास्थ्य सूचाङ्कमा पनि प्रगति भएको छ । प्रतिष्ठान स्थापना भएसँगै गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि कर्णालीको स्वास्थ्य सूचाङ्कमा प्रगति भएको हो । प्रति ष्ठानको स्थापना भएसँगै ९६ प्रतिशत महिलाले गर्भवती जाँच गर्ने गरेको पाइएको छ । यस्तै ६२।३ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मी प्रसूति सेवा लिने गरेको जनस्वास्थ्यविद् डा माधव चौलागाईँले जानकारी दिनुभयो। जुम्लाका मात्र ८१ प्रतिशत महिलाले दक्ष स्वास्थ्य कर्मीबाट प्रसूति सेवा लिएको पाइएको छ ।

उहाँले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीको स्वास्थ्यमा सुधार भएको बताउनुभयो । उहाँका अनुसार झाडापखाला लागेर उपचार गर्न नपाएका ९८ प्रतिशत बालबालिकाले उपचार पाएका छन् । यस्तै कर्णालीका ९० प्रतिशत क्षयरोगका बिरामीले उपचार गरेर निको भए का छन् । जन स्वास्थ्यविद् डा चौलागाईँले बच्चालाई खोप, बाल मृ,त्युदर तथा मातृ मृत्युदर घटेको र संस्थागत सुत्केरी गराउने दर बढेको बताउनुभयो ।

स्वास्थ्य अनुसन्धान केन्द्र : कर्णाली क्षेत्रको स्वास्थ्यको अनुसन्धान गर्नका लागि प्रतिष्ठानको ‘इन्स्टिच्युट रिभ्यू बोर्ड’ गठन गरिएको छ । सो बोर्डले कर्णाली क्षेत्रमा स्वास्थ्यको अध्ययन अनुसन्धान गर्नका लागि अनुमति दिने गर्दछ । उक्त बोर्डले कर्णाली क्षेत्रको स्वास्थ्यको पनि अध्ययन गर्दछ । यस्तै प्रतिष्ठानले आफैँ पनि जर्नल प्रकाशित गर्ने गरेको छ । कर्णाली क्षेत्रमा विभिन्न व्यक्तिले गरेका खोज, अनुसन्धान र बाहिर गरिएको अनुसन्धान लाई समेटेर चार/चार महिनामा जर्नल प्रकाशित गर्ने गरेको प्रतिष्ठा नका डिन डा भट्टराई जानकारी दिनुभयो ।

चिकित्सकद्वारा नेपालगञ्ज पुगेर सेवा : को-रोना भाइरसको बेला कर्णालीका चिकित्सकले कर्णालीमा मात्र नभई नेपालगञ्ज सम्म नै पुगेर बिरामीको उपचार गरेका थिए । नेपालगञ्ज को-रोना भाइरसको ‘हटस्पट’ बनेको बेला प्रतिष्ठानका चिकि त्सक नेपालगञ्ज आई बिरामीको उपचार गरेका थिए । सघन उपचार विशेषज्ञ डा गिरीको नेतृत्वमा स्वास्थ्य कर्मी आइ नेपालगञ्ज स्थित भेरी प्रादेशिक अस्पतालमा को-रोना सङ्क्रमित बिरामीको उपचार गरेका थिए । यस्तै रुकुममा डा अनुपमङ्गल समाल, मुगुमा डा सिद्धार्थ खातीले को-रोना महामारीमा उपचार गर्नुभएको थियो । प्रतिष्ठानका उपकुलपति डा रावलले कर्णालीमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा प्रतिष्ठानले कर्णालीको जनताको मानव विकास सूचाङ्कमा परिवर्तन गर्न सकिने बताउनुहुन्छ ।

उपकरण र सुविधाको अभाव : प्रतिष्ठानमा चिकित्सकका लागि राम्रो बस्ने सुविधा छैन । तैपनि चिकित्सकले डेरामा बसेर कर्णालीका जनतालाई सेवा दिइरहेका छन्। यस्तै इन्टरनेट सेवा र विद्युत् सेवाको समस्या पनि जुम्लामा त्यत्तिकै रहेको छ । विद्युत् नहुँदा जेनेरेटरको भरमा अस्पताल सञ्चालन गर्नुपरेको प्रतिष्ठानका उपकुलपति डा रावलले बताउनुभयो । यस्तै इन्टरनेटका लागि फाइवर दैलेखसम्म मात्र बिछ्याइएको छ । जसले गर्दा जुम्लामा राम्रोसँग इन्टरनेट सेवा पुगेको छैन । यस्तै बजेट अभावले चिकित्सकले उपचार गर्नका लागि आवश्यक उपकरणको पनि अभाव रहेको छ । उपकरण उपलब्ध गराउन प्रतिष्ठानले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जानकारीसमेत गराइसकेको छ ।

चिकित्सक टिकाउन भने गाह्रो : चिकित्सकलाई पर्याप्त सुविधा नहुँदा उनीहरुलाई कर्णालीमै टिकाउन भने समस्या रहेको छ। चिकित्सकका बालबालिकलाई पढाउन राम्रो स्कुल, कलेजलगायत अन्य सुविधा नहुँदा चिकित्सकलाई टिकाउन गाह्रो भएको उपकुलपति डा रावलले बताउनुभयो। अन्य प्रतिष्ठानको भवन संरचना तयार भइसकेपछि सञ्चालनमा आउने गर्दछ। तर कर्णाली प्रतिष्ठान भने भवन बन्दै गरेको अवस्थाबाट नै सञ्चालनमा आएको छ । अझै भवन बन्न केही समय लाग्छ । अहिले शैक्षिक भवन नबन्दा स्थानीयवासीको घर भाडामा लिएर कक्षा सञ्चालन, प्रयोगशाला र चिकित्सकको आवासीय कक्ष बनाइएको उहाँ बताउनुहुन्छ ।

कर्णाली प्रदेशका प्रदेश सांसद नरेश भण्डारीले प्रतिष्ठान स्थापना भएसँगै कर्णालीमा स्वास्थ्य युगको सुरुआत भएको बताउनु भयो । उहाँले प्रतिष्ठान कर्णालीका विकास मोडल भएको भन्दै पिछडिएको क्षेत्रको लागि युगान्तकारी परिवर्तन भएको बताउनु भयो । “पहिले नेपालगञ्ज र सुर्खेतमा बिरामी पठाउने कर्णालीले अहिले आएर त्यहाँ चिकित्सक पठाउने भएको छ”, उहाँले भन्नुभयो, “कर्णालीका जनताले स्वास्थ्य सेवा मात्र पाएका छैनन् । कर्णलीले चिकित्सक पनि उत्पादन गर्न थालेको छ ।”