Ultimate magazine theme for WordPress.

खातामा पैसा नहुँदा पनि तीन करोड चार लाख रुपैयाँकाे चेक दिने व्यक्ति प’क्राउ

89

काठमाण्डाै – बैंक खातामा पैसा नहुँदा पनि तीन करोड चार लाख रुपैयाँको चेक दिएर ठ’गी गरेको आ’रोपमा काठमाण्डौबाट एक जना प’क्रा उ परेका छन्। जग्गा प्लानिङ गर्न तथा अन्य विभिन्न प्रयोजनको लागि भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको तर खातामा पैसा नभएको चेक दिने लमजुङ घर भएका सन्दीपकुमार गुरुङलाई प्रहरीले टोखाबाट प’क्रा उ गरेको हो ।

उनले आफू बेलायती सेनाबाट अवकाश पाएको व्यक्ति भएको तथा महाराजगञ्जमा ब्युटी पार्लर रहेको र अब जग्गा प्लानिङ गर्ने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएका थिए । तर आफ्नो बैंक खातामा पैसा नभए पनि तीन करोड ४ लाख रुपैयाँको चेक दिएर फरा र भएपछि उनलाई प्रहरीले प’क्रा उ गरेको हो । प’क्रा उ परेका सन्दीप गुरुङले अरु व्यक्तिलाई पनि ठ’गी गरेको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि, भक्तपुरमा आजदेखि ई-पासपोर्ट वितरण सुरु : आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी)का लागि आवदेन संकलन र वितरणकार्य सुरु गरिएको छ। यहाँ पहिलो पटक आजदेखि सुरु भएको ई–पासपोर्ट वितरण संकलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गरिन्। उनले राहदानी विभाग र ललितपुरबाट मात्रै सुचारु भएको विद्युतीय राहदानी वितरण अब भक्तपुरबाट पनि सुरु भएको बताइन्।

उनले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को नयाँ आवेदन बन्द भइसकेकाले अब सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमै आवेदन दिन मिल्ने र वितरण पनि त्यहीँबाट गर्ने गरी सेवा सुरु भएको जानकारी दिइन् । सेवाग्राहीले ई–पासपोर्टका लागि (लिंक) मा आवेदन दिनसक्ने छन्। सेवाग्राहीले ३४ पृष्ठको राहदानीका लागि मात्रै आवेदन दिन पाउने छन्। यसका लागि रु पाँच हजार शुल्क लाग्ने र ढिलोमा १५ दिनभित्र राहदानी पाउन सकिने व्यवस्था गरिएको छ।

विभागले ६६ पृष्ठको राहदानी रु १० हजार शुल्क तिरेर लिन सकिन व्यवस्था गरे पनि भक्तपुरका हकमा भने तत्काललाई ३४ पृष्ठको मात्रै संकलन गरिने भएको छ। एकदमै छिटो राहदानी आवश्यक पर्नेका हकमा भने रु १२ हजार शुल्क तिरेर दुई दिनभित्र पाउने गरी अनलाइन फाराम भर्नसक्ने व्यवस्था गरिएको छ। भक्तपुरका हकमा दैनिक २० जनाको मात्रै राहदानी बनाउने गरी कोटा निर्धारण भएकाले हाललाई यहाँका स्थायी बासिन्दाले मात्रै राहदानीका लागि आवेदन दिन पाउने प्रजिअ शर्माले जानकारी दिइन्।