Ultimate magazine theme for WordPress.

अछाम पुगेर भीम रावल गर्जन : ‘मैले चुनाव हारेको छैन, जितेको छु’

62

अछाम । नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर केपी शर्मा ओलीसँग पराजित भएका नेता भीम रावलले चुनावमा आफूले अध्यक्ष पद नजिते पनि नैतिक रुपमा अध्यक्ष पद जितेको बताएका छन् । चितवन महा धिवेशनमा पराजित भएपछि पहिलो पटक अछाम पुगेर सार्वजनिक कार्यक्रममा देखा परेका नेता रावलले चुनावमा हार/जित हुनु स्वभाविक रहेको बताए ।

‘प्रत्येक व्यक्तिलाई चुनावमा प्रतिस्पर्धा गर्ने अधिकार छ । चाहे त्यो संसदीय वा पार्टीको चुनाव होस् । यदि त्यस विपरीत भए निरं’कुशता हुन्छ। आठौँ महाधिवेशनको बुटवल महा धिवशेनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीजी र म उापध्यक्ष पदमा उठेका थियौँ । तर, दुवै हार्यो। निर्वाचनमा उठेपछि हारजित हुनु स्वभाविक हो । पराजयको कुरा गर्नुहुन्छ भने, यो दशौँ महाधिवेशनमा मैले जुन देशभक्ति भण्डा उठाएको थिएँ । पार्टीको विधि, पद्धतिको उठाएको थिएँ । मैले आज चुनाव जितेको छु, हारेको छैन,’ उनले भने।

नेता रावलले आफूले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको र हारेको बताउँदै त्यसमा मन खुम्च्याउनुपर्ने कारण नरहेको पनि बताए। अमेरिकी आर्थिक सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने षडयन्त्र भईरहेको पनि नेता रावलले बताएका छन्। सत्तारुढ दलका नेताहरु पद जोगाउनको लागि राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको उनको भनाइ छ ।

नेता रावलले एमसीसीलाई पासगरेर नेपाललाई उपनिवेश बनाउने षडयन्त्र भईरहेको भन्दै देशभक्त नेपालीले त्यसको विरोध गर्नुपर्नेमा जोड दिए। एमसीसी विरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउँदै आएका रावलले अहिलेसम्म एमसीसीसँग भएका सम्झौता राष्ट्रहित विपरित, स्वतन्त्रता र सार्वभौमिकता विरुद्ध रहेको स्पष्ट पारे । नेता रावलले नेपालको संविधान भन्दा माथि राखेर गरिएको एमसीसीको सम्झौता एकदमै घातक रहेको पनि बताए ।