Ultimate magazine theme for WordPress.

बिहेको भिडियोका लागि कटरीना र विक्कीलाई सय करोड अफर

136

एजेन्सी : लिउड अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल यही ९ डिसेम्बरमा विवाह बन्धनमा बाँधिदैछन् । यो विवाहमा दुई पक्षका परिवारका साथै केही नजिकका पाहुना सहभागी हुनेछन् । रिसेप्सन पार्टीमा भने बलिउडका ठूला हस्तीहरुलाई निमन्त्रणा गरिएको छ । विक्की र कटरीनाले विवाहमा उपस्थिति हुने पाहुनाका लागि राजस्थानमा करीब ४५ वटा होटल बुक गरेका छन् ।

विवाह समारोहबाट फोटो र भिडियो लिक नहोस् भनेर विक्की र कटरीनाले एक निर्धारित क्षेत्रमा नो-मोबाइल पोलिसी लागू गरेका छन् । एक रिपोर्टका अनुसार, उनीहरुले आफ्नो विवाहको फोटो र भिडियोको राइट्स एक अन्त र्राष्ट्रिय म्यागजीनलाई दिएका छन् । यसैबीच, एक ओटीटी प्लेटफर्मले उनीहरुको विवाहको फोटो तथा भिडियोको राइट्स किन्न ठूलो रकम अफर गरेको चर्चा छ ।

बलिउड हंगामाका अनुसार, एक ओटीटी कम्पनीले विक्की र कटरीनाको विवाहको फोटो र भिडियो लिनका लागि सय करोडको अफर गरेको छ । कम्पनीले दुवैको विवाहको भिडियो ओटीटीमा स्ट्रीम गर्न चाहेकोले विक्की र कटरीनालाई बिहेको भिडियो र फोटो बापत सय करोड अफर गरेको हो । तर, उनीहरुले बिहेको फोटो र भिडियोको राइट्स बेच्नेबारे कुनै निर्णय दिएका छैनन् ।

बलिउड सेलिब्रेटीका लागि विवाहको फोटो र भिडियोको राइट्स बेच्नु नौलो कुरा भए पनि अन्य देशमा यो ट्रेन्ड सामान्य हो । जब कोही सेलिब्रेटीले विवाह गर्छन्, तब उनीहरुले विवाहको फोटो र भिडियो कुनै च्यानल या म्यागजीनलाई बेच्ने गर्दछन् । जसबाट उनी हरुलाई राम्रो पैसा मिल्ने गरेको छ । बलिउड सेलिब्रेटीले भने आजसम्म विवाहको फोटो र भिडियोको राइट्स बेचेका छैनन् ।