Ultimate magazine theme for WordPress.

‘गोर्खाली माझ हुर्किएका विपीन रावत नेपाली बोल्न र टोपी लगाउन खुब रुचाउँथे’

193

काठमाडौँ— भारतको दक्षिणी राज्य तमिलनाडूमा भएको हेलिकोप्टर दुर्घ’टनामा नि’धन भएका चीफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपीन रावत नेपालसँग राम्रो सम्बन्ध भएका सैनिक अधिकारी थिए। रावतसँगै उनकी पत्नी मधुलिका र अन्य ११ सैनिक अधिकारीको नीलगिरिमा बुधबार भएको हेलिकोप्टर दुर्घ’टनामा नि’धन भएको छ ।

दर्शनशास्त्रमा विद्यावारिधि गरेका विपिन रावत नेपाली सेनाका मानार्थ महारथी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको स्थाल सेनाध्यक्ष हुँदा विसं २०७३ चैत १६ गते नेपाली सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी दिएकी थिइन् । प्रधानमन्त्री नरेन्द्र मोदीले रावतलाई भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बनाएका थिए। उनले भारतीय सेना लगायत अन्य सुरक्षा फौजको नेतृत्व गर्दै आएका थिए।

भारतको उत्तराखण्डस्थित गढवाल जिल्लाको पाउरीमा जन्मिएका रावत भारतको ६ औं स्थल सेनाध्यक्ष भएका थिए । लेफ्टिनेन्ट जनरल लक्षुसिंह रावतका छोरा विपीन आफ्ना पिताले सेवा गरेको ११ गोर्खा राइफलको पाँचौं बटालियनमा सन् १९७८ को १६ डिसेम्बरमा सैन्य सेवामा प्रवेश गरेका थिए। रावतले देहरादुन, सिमलाको भारतीय सैन्य एकेडेमीमा अध्ययन गरेका थिए।

रावतले अमेरिकामा उच्च शिक्षा हासिल गरेका थिए। नेपालसँग सीमा जोडिएको उत्तराखण्डको गढवालमा जन्मिएका रावत सैन्य सेवामा गोर्खा राइफल्ससँग सम्बन्धित रहेका थिए । भारतीय सेनाका चार तारे जनरल रावत ११ गोर्खा राइफल्स सँग सम्बन्धित थिए । सन् २०१०मा दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा सहपाठी रहेका नेपाली सेनाका पूर्वमेजर जनरल विनोज बस्न्यात रावत गोर्खाली पल्टनमा हुर्किएका व्यक्ति भएका बताउँछन् ।

‘उनी गोर्खालीका माझ हुर्किएका हुन् । उनी नेपाली बोल्न र टोपी लगाउन खुब रुचाउँथे’, बन्स्यात विगत स्मरण गर्दै भने, ‘त्यहाँ एक सय जना थिए होलान् तर हामी निकट थियौं । व्यक्तिगत रुपमा मित्र गु’माएको छँदै छ । त्यो भन्दा पनि बढी नेपाली सेना र देशले पनि राम्रो सम्बन्ध भएको व्यक्तिलाई गु’माएको छ ।’ बस्न्यात रावतलाई नेपालसँगको सम्बन्धलाई सुधारका लागि आफै प्रयास गर्ने व्यक्तिको रुपमा सम्झन्छन् ।

‘११ गोर्खा राइफल्सको कमान्ड गरेको कारणले धेरै नेपालीसँग उहाँको राम्रो थियो,’ उनले भने । रावतका पिता पनि गोर्खा पल्टनमै कार्यरत थिए । पिता लक्ष्मणसिंह भारतीय सेनामा लेफ्टिनेन्ट जनरलसम्म बनेका थिए । यसैबीच, नेपाली सेनाका प्रधानसेनापति प्रभु राम शर्माले रावतको नि’धनप्रति दु:ख व्यक्त गरेका छन् ।