Ultimate magazine theme for WordPress.

ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई काउन्टर दिने गगनको ‘समुन्नत नेपाल : सम्मानित नेपाली’

44

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशमा महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन्। बिहीबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच उनले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका हुन् । थापाले ‘समुन्नत नेपालः सम्मानित नेपाली’ को संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन नेपाली कांग्रेसको पुनर्जागरण र रुपान्तरणको लागि आफ्नो अवधारणा पत्र सार्वजनिक गरेका छन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई काउन्टर दिएका हुन् । अवधारणापत्र सार्वजनिक गर्दै उनले भने, ‘एउटा पार्टी र नेताको मुखबाट सुन्नुभएको छ रु समृद्ध नेपाल, सुखी नेपाली। त्यो र समुन्नत नेपाल र सम्मानित नेपालीमा आधारभूत फरक छ । समृद्ध नेपाल नेपालमा एअरपोर्टको संख्या बढ्यो भने, चुच्चे रेल दुईतिरबाट आयो भने, पानीजहाज हुइँकियो भने, धरहराबाट हेर्न पाइयो भने हुन्छ ।

तर, समृद्धिभित्र रेल छ, चढ्ने मान्छेको अत्तोपत्तो छैन । भ्युटावर छ, तर तलका मान्छे त्यसबाट देखिदैन । पाँच वर्षपछि देश समुन्नततर्फ कति गयो रु त्यो नाप्ने स्केल हुन्छ । वंश, जात र लिंगको आधारमा प्राप्त गर्ने विशेषअधिकार आज भन्दा भोलि घट्दै गयो भने हामी समुन्नतितर्फ गयौं भन्छौं ।’ उनले गौरवशाली इतिहासमात्र होइन, सुनौलो भविष्यको सपनालाई साकार पार्ने योजना, साहस, समर्पण भएको पुनःजागृत कांग्रेसले मात्रै मुलुकले सामना गरिरहेका यावत चुनौतीलाई सहजतापूर्वक सामना गर्दै लोकतान्त्रिक संवि धानका उपलब्धिलाई संस्थागत गरेर सामाजिक लोकतन्त्रको सैद्धान्तिक जगमा समुन्नत नेपाल, सम्मानित नेपालीको परिकल्पनालाई साकार पार्न सक्ने धारणा राखे।