Monday, August 15

दुई दिनको नगरसभामा जनप्रतिनिधिले ७ लाख बढीको ८०३ किलो मासु खाएको बील !

July 26, 2022

काठमाडौं । स्थानीय तहमा कसरी भष्टाचार हुन्छ ? भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे प्रतिनिधि घटनाका लागि काफी छ ।

जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ ।

नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाइ मासुमा नै यतिको खर्च गरेको महालेखा परीक्षकको तथ्यांकले पुष्टि गर्छ ।

उक्त तथ्याङ्कअनुसार नगरसभाका सहभागीहरुले १ हजारका दरले ६ सय ५३ किलो खसीको मासु खाएका छन् ।

यसको खर्च ६ लाख ५३ हजार रुपैयाँ पर्छ भने कुखुराको मासु ३ सय ८० रुपैयाँको दरले १ सय ५० किलो खाएका छन् ।

जसको खर्च ७५ हजार पर्छ । जनकपुर उपमहानगरपालिकाले नगरसभा सन्चालनकै लागि ५० लाख बजेट विनियोजन गरेको छ । यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ ।

Comment