Ultimate magazine theme for WordPress.

कांग्रेस महाधिवेशन उद्घाटनमा ४ लाख मानिस सहभागी हुने

44

काठमाण्डाै – नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । आज बिहीवार सञ्चारकर्मीसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाण्डाै जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले महाधिवेशन उद्घाटन लगायतका कामकाे तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनु भएको हो । उहाँले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज राति १० बजेसम्ममा सकिने बताउनुभयो ।

संयोजक पुडासैनीले प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रीय अधिवेशन तर्फ लाग्नुपरेका कारण काम केही ढिला भएको बताउनु भयो । उहाँले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीका शीर्ष नेता र पार्टीका केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको बताउनुभयो । उहाँले पुडासैनीले प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने बताउनुभयो । उहाँले पार्टीको महा धिवेशनमा ४ लाखसम्म मानिस सहभागी बन्ने पनि बताउनुभयो । संयोजक पुडासैनीले भन्नुभयो, ‘अब हामी तयारीको अन्तिम स्थितिमा पुगेका छौँ ।

मञ्च तीन चरणमा छ, पहिलोमा सांस्कृतिक सङ्घको कार्यक्रम हुन्छ जहाँ ४० जना कलाकारले एकैसाथ प्रस्तुति दिने गरी व्यवस्था गरेका छौँ । मञ्चकाे दोस्रो चरणमा पार्टीका शीर्ष नेता, अन्य पार्टीका शीर्ष नेता, विदेशी पाहुनालाई राख्नेछौँ । तेस्रोमा पार्टीका केन्द्रीय सदस्यलगायत अन्य अतिथिलाई राख्नेछौँ । सर्व साधारणलाई अफ्ठ्यारो नपरोस् भनेर प्रदर्शनी मार्गको सडकलाई मात्रै व्यवस्थित तरिकाले नियन्त्रणमा राख्ने छौँ । महाधिवेशनमा साढे तीन लाखदेखि चार लाख जना मानिस सहभागी हुन्छन् ।’ नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन भाेलि शुक्रवारदेखि सुरु हुँदैछ ।