Ultimate magazine theme for WordPress.

मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य छैन : अध्यक्ष ओली

34

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य नै नभएको बताएका छन् । शुक्रबार काठमाडौंंमा नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा राजनीतिक पार्टी भनेको नै एमाले र कांग्रेस मात्र रहेको बताएका छन् ।

उनले अरु पार्टीहरुको कुनै औचित्य नभएको भन्दै केही पार्टी कांग्रेसको स्याटेलाइटका रुपमा रहेको तर्क गरे । उनले कांग्रेसलाई पनि सही बाटोमा हिड्नका लागि सल्लाह र सुझाव दिने धारणा पनि राखे । नेपालमा नियन्त्रित अराजकता फैलाउने भारतीय ष’डयन्त्र बिरुद्ध एमाले लागेका कै कारण घेराबन्दीमा पारिएको उनले बताए । उनले केन्द्रीय कमिटी बैठकले आगामी कार्यदिशा तय गर्ने र अब एमाले भित्र रहेकालाई आराम गर्ने समय नरहेको जिकिर गरे ।

अध्यक्ष ओलीले राजनीतिक पार्टीले नै राष्ट्रियता र राष्ट्रिय एकता जोगाउने उल्लेख गर्दै त्यसका लागि स्पष्ट राष्ट्रिय दृष्टि कोण हुनु पर्ने बताए । एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को स्पष्ट दृष्टिकोण भएको उनको भनाइ छ । एमालेको दृष्टिकोणलाई संशोधन गरेर ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ बनाइएको उहाँले टिप्पणी गरे । हिजाे बिहीवार नेपाली कांग्रेसका युवा नेता तथा १४ औँ महा धिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका नेता गगन थापाले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’ को नारा अघि सारेका थिए । ओलीले त्यही नाराप्रति टिप्पणी गरेका हुन् ।