Ultimate magazine theme for WordPress.

कट्रिनाको बिहेका दिन दीपिका पादुकोणले गरिन् यस्तो व्यवहार, मान्छेले भने- ‘यो तिम्रो समय होइन !’

126

एजेन्सी : बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलको बिहीबार बिहे हुँदैछ। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनीहरूको आज राजस्थानको एक होटलमा बिहे हुँदैछ। कट्रिना र विक्कीले आफ्नो बिहेका तस्बिर र भिडिओ खिच्न कसैलाई दिएका छैनन्। उनीहरूको बिहेमा आउनेलाई फोन र क्यामरा निषेध छ। कतै ड्रोन उडेको देखे पनि गोली हान्दिने बताएका सञ्चारमाध्यमहरूले लेखेका छन्।

उनीहरूको बिहेको भिडिओ र फोटा खिच्ने अधिकार अमेजन प्राइमले ८० करोड भारूमा किनेको पनि बताइएको छ। उसले यो पछि ओटिटी प्लेटफर्ममा सार्वजनिक गर्ने बताइएको छ। यस्तोमा पत्रकार, सञ्चारमाध्यमहरू र बिहेमा उपस्थित कसैले उनीहरूका फोटा हरू सार्वजनिक गर्न पाउने छैनन्। त्यसैले कट्रिना र विक्कीका प्रशंसकहरू फोटाहरू हेर्न झन् धेरै आतुर देखिन्छन्। कट्रिना र विक्कीको बिहेका फोटा कुरिरहेका बेला अभिनेत्री दीपिका पादुकोणले सामाजिक सञ्जालमा आफ्नै बिहेका फोटाहरू राखेकी छन्।

उनले रणवीर सिंहसँगका बिहेका केही फोटाहरू सामाजिक सञ्जालमा फेरि राखेकी छन् । योसँगै सञ्चारमाध्यमहरूले उनलाई कट्रिनाको बिहेका कारण आफ्नो बिहे सम्झना आएको हुन सक्छ भनेर आकलन गरेका छन् । अर्का तिर सामाजिक सञ्जालका केही प्रयोग कर्ताले भने दीपिकालाई केटाकेटी जस्तो काम गरेको पनि भने छन् । त्यस्तै अर्काले उनलाई ‘यो समय तिम्रो होइन, अहिलेकी बेहुली (कट्रिना) लाई नै चम्किन देऊ। उनको बिहे नै अहिले चर्चाको विषय हो ।’ प्रयोग कर्ताहरूले दीपिकाको यो व्यवहार देखेर दुई अभिनेत्री बीच दुश्मनी रहेको पनि बताइरहेका छन्।

दीपिका र कट्रिना बलिउडमा समकालीन प्रतिद्वन्द्वी त हुँदै हुन्, उनीहरू दुवै कुनै समय अभिनेता रणवीर कपुरका प्रेमिका पनि थिए। रणवीर कपुरले दीपिकापछि कट्रिनालाई ‘डेट’ गरेका थिए । यस पछि दीपिका र कट्रिनालाई धेरै कुरामा एकै ठाउँ जोडेर हेरिन थालियो र उनीहरू बीचको सम्बन्ध पनि केलाउन थालियो । तर दीपिकाले रणवीर सिंहसँग बिहे गर्दा रिसेप्सन पार्टीमा कट्रिना पुगेकी थिइन् । टाइम्स अफ इन्डियाका अनुसार कट्रिनाले दीपिकाको बिहे पछि दिएको एक अन्तर्वार्तामा आफूहरू बीच सामान्य मित्रता र राम्रो सम्बन्ध भएको पनि बताएकी थिइन्।