Ultimate magazine theme for WordPress.

आउँदो सरकार कांग्रेसको हुन्छ, मलाई जिताउनुस् : प्रधानमन्त्री देउवा

53

काठमाडौं : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई जिताउन आह्वान गरेका छन्। उनले चुनावपछि फेरि कांग्रेसको सरकार बन्ने दाबी गर्दै आफूलाई जिताउन आह्वान गरेका हुन्। ‘जुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिका दिन कस्तो थियो- ड’र त्रा’स। म प्रधानमन्त्री भएको भोलिपल्ट सबैले मुक्ति पाएको महसुस गरे। सबै मान्छेले ओलीको शासनबाट मुक्ति पाए,’ उनले भने।

उनले अगाडि थपे, ‘अब त्यो मुक्ति बचाउने हो कि नबचाउने हो? त्यो महाधिवेशनले तय गर्छ। ड’र त्रा’सबाट मुक्त समाज निर्माण गर्नुछ। ता’नाशाही सरकार नआओस् भन्नका लागि महाधिवेशनले निर्णय गर्नुपर्छ। आउँदो सरकार कांग्रेसको हुन्छ गाउँ देखि माथि सम्म त्यो मेरो जिम्मा भयो।’ उनले मन मुटा’व नराख्न सबैमा आग्रह गरे। ‘कहीँ सहमतिबाट आउनुभएको छ, कहीँ प्रतिस्पर्धाबाट आउनुभयो। अब त्यो मन मुटा’व नराख्नुस्,’ उनले भने।

उनले कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार, राष्ट्रिय सरकार कांग्रेसको हुने देउवाले दाबी गरे। ‘त्यसकारण मलाई जिताइ दिनुहोस्। ड’र त्रा’सबाट मुक्त शासन ल्याएरै छाडिन्छ। नेपाललाई कांग्रेसको सरकार बनाइन्छ, उनले भने। सभापतिको आसनबाट सम्बोधनका लागि देउवा उठेपछि नै उनका समर्थकले हुटिङ गर्न थालेका थिए । हुटिङको चर्को आवाजपछि सम्बोधनका लागि केही बेर कुरेका देउवाले हुटिङ नरोकिएपछि अन्ततः समर्थकलाई शान्त रहन आग्रह गरे। उनले सम्बोधन गर्दै पार्टीलाई अब तीनै तहको निर्वाचनमा विजयी बनाउने उद्घोष गरे । देउवाको यस्तो उद्घोषपछि समर्थकहरुले फेरि हुटिङ गरे ।