Ultimate magazine theme for WordPress.

अग्निपीडितलाई त्रिपाल र सरसफाई सामग्री वितरण

36

मुगु-सदरमुकाम गमगढीको तल्लो बजारमा कार्तिक २९ गते आगलागी पीडितहरुको व्यक्तिगत सरसफाई तथा स्वच्छताका लागि सरसफाईका सामग्री सहयोग गरिएको छ ।

युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामिण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजिकरणमा अग्नि पिडित ८० घर धुरीलाई व्यक्तिगत सरसफाई तथा स्वच्छताका लागि सरसफाईका सामग्री सहयोग गरिएको हो ।कार्तिक २९ गते आगलागीबाट १८ घर पूर्णरुपले क्षतिग्रस्त भएका थिए ।

हिरिसडेक मुगुले आगलागीबाट क्षति भएका १८ घरधुरीलाई त्रिपाल, ब्यांकेटसहित ब्यक्तिगत स्वच्छता सामग्री र अन्य ६२ घरधुरीलाई व्यक्तिगत स्वच्छता सामग्री उपलब्ध गराएको हिरिसडेक नेपालका संयोजक रमेश कुमार भामले बताए । हिरिसडेक मुगुले अग्निपीडितलाई खाद्यान्न लगाएत अन्य सामग्री सहयोग गर्दै आएको छ ।

हिउँदको बेला चिसो बढेपछि अहिले भएका टेन्टभित्र शित पस्ने गरेकोले यो पटक हिरिसडेकले त्रिपाल दिएको छ । यो त्रिपालले टेन्ट ढाकेर शित रोक्न सकिने पीडित ठेल्ले तामाङले बताए ।खड्क सुनार/ न्युज कारखाना