Ultimate magazine theme for WordPress.

१५ तस्बिरमा चन्द्रागिरिको हिउँ

103

हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ। हिमपातका कारण अधिकांश पहाडी राजमार्ग अवरुद्ध भएका छन् भने नियमित उडान समेत सञ्चालन हुन सकेका छैनन्।

फुलचोकी, शिवपुरी चन्द्रागिरिलगायत काठमाडौं आसपासका डाँडाहरुमा बिहानैदेखि हिउँपरिरहेको छ। मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई उडान तथा यातायातसमेत अवरुद्ध भएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

मौसममा आएको बदलावका कारण काठमाडौंबाट हुने आन्तरिक उडान बुधबार प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका कर्मचारीले सोलुखुम्बुको लुक्ला र पोखरामा उडान हुन नसकेको जनाएको छ। त्यस्तै, नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण भोजपुर र ताप्लेजुङको उडान रद्द गरेको छ।

आजका लागि १३७ वटा उडान रहेको छ। तर, प्रतिकूल मौसमका लागि धमाधन उडान रद्द भइरहेको उड्डयन कार्यालयले जनाएको छ।काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ परेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

वर्षासँगै परेको हिउँले चन्द्रागिरि ढाकेको छ । हिउँ परेपछि काठमाडौं उपत्यकाका पर्यटक चन्द्रागिरि पुगेका छन् ।