Ultimate magazine theme for WordPress.

कालापानीलगायतलाई पाठयक्रममा समावेश गर्न माओवादीको माग

58

काठमाडौं- नेकपा माओवादी केन्द्रले कालापानीलगायतका भूमि समावेश गरेर पाठ्यक्रम बनाउन माग गरेको छ । हालै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले समसमायिक प्रस्ताव पारित गर्दै उक्त माग गरेको हो ।

‘यो महाधिवेशन कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ,’ प्रस्तावमा भनिएको छ, ‘साथै, संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ ।’

माओवादीले पुष्पकमल दाहाल प्रचण्डलाई पुनः अध्यक्ष चयन गर्दै हालै महाधिवेशन सम्पन्न गरेको थियो ।त्यस्तै नेकपा माओवादी केन्द्रले महिलाहरू महिनावारी हुँदा प्रयोग गर्ने स्या’नेटरी प्याडमा कर लगाएकोमा आपत्ति जनाएको छ । हालै सम्पन्न आठौं महाधिवेशनमा पारित ४५ वटा प्रस्तावमध्ये स्या’नेटरी प्याडलाई वि’लासीबस्तुको सूचीमा राखेर कर लगाएकोमा आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ ।

‘महिलाहरूले म’हिनावारी हुँदा प्रयोग गर्ने स्या’नेटरी प्या’डलगायत अन्य दैनिक जीवनमा प्रयोग हुने सामाग्रीलाई सरकारले विलासी बस्तुमा सूचीकृत गरी १३ प्रतिशत कर लगाएकोमा प्या’ड लगायत त्यस्ता बस्तुलाई विलासी बस्तुको सूचीबाट हटाई करमुक्त गर्न यो महाधिवेशन सरकारसँग माग गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ ।

प्या’डजस्ता बस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारसँग विशेष अनुरोध पनि माओवादीले गरेको छ ।