Ultimate magazine theme for WordPress.

प्रदेश २ का आन्तरिक मामिला राज्यमन्त्रीको सवारी दु’र्घटना

54

सप्तरी– प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण दु’र्घटनामा परेकी छन् । उनी सवार ज१झ ४०६ नम्बरको स्कारपियो दु’र्घटनामा परेको हो ।

बुधबार साँझ सप्तरीको विष्णुपुर गाउँपालिका–७ नहर चोकस्थित भित्री सडकखण्डमा गाडीले नियन्त्रण गुमाउँदा दु’र्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिइन् ।साँघुरो बाटोमा मोड्न खोज्दा गाडी अचानक प’ल्टिएर खेतमा पुगेको उनले बताइन् । राज्य मन्त्रीसहित गाडीमा उनका स्वकीय सचिव ध्रुवकुमार मण्डल,

सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका स्थानीय नेता जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए ।दु’र्घटनामा केहीलाई सामान्य चो’टपटक लागेको र राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारपछि घर पठाइएको छ ।

राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको ह,’त्याबारे जानकारी लिँदै परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दु’र्घटनामा परेको हो । न्यूजकारखाना