Ultimate magazine theme for WordPress.

काठमाडौंको रानीवनमा बालिकाको ह,’त्या, कारण थाहा पाउँदा रि’स थाम्न सक्नुहुन्न

285

२६ पुष २०७८, सोमबार काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवनमा झा’रफूकको क्रममा एक बालिकाको ज्यान गएको छ ।

सिन्धुपाल्चोक साँगागढी–२ जलवीरे खाटी घर भई भक्तपुर धुन्चेपाखा ७ बस्दै आएकी १४ वर्षीया रोषनी श्रेष्ठलाई उनकी आमाले झा’रफूकबाट छारे रो’गको उपचार गराउने उमा शाही ठकुरी नाम गरेकी माताको झा’रफूक केन्द्रमा लगेकी थिइन। झा’रफूक का नाममा बालिकामाथि कु’टपीट भएपछि बालिकाको मृ’त्यु भएको हो ।

छोरी रोशनी श्रेष्ठलाई लामो समयदेखि टाउको दु’ख्ने र बा’न्ता हुने स’मस्या देखिएपछि राधिका श्रेष्ठले गत पुस ३ गते झारफूकका लागि उमा शाही ठकुरीकोमा लगिन् । स्थानीय रामलाल लामाको टहरोमा भाडामा बस्दै आएकी माता भनिने उमा शाहीले २१ दिनदेखि झा’रफूकबाट रोशनीको उपचार गर्दै आएको बताएकी थिइन् ।

पटकपटक डाक्टरकोमा देखाउँदा पनि निको नभएपछि राधिकाले छोरीलाई झा’रफूक गर्न लगेको बताउँछिन् । माताले झा’रफूक गरेपछि निको हुने गरेको कुरा छरछिमेकीबाट सुनेपछि आफूले छोरीलाई माता भनिने कहाँ लगेको राधिकाको भनाइ छ ।

आफूलाई माता भन्ने उमा ठकुरीले बि’रामी रोशनीलाई शुक्रबार साँझ ५ बजेतिर ल’खेट्दै लगेर आँगनमा सु’ताई कु’टपीट गरिरहेको अवस्थामा स्थानीयहरुले देखे । प्रत्यक्षदर्शी सरिता र दिव्या लामाले न’कुट्न अनुरोध गरेपछि माता भनिने उमाले रोशनीलाई घरभित्र लगेर थुनिन् ।

भोलिपल्ट बिहान माता भनिने उमाले आमा राधिकालाई फोन गरेर छोरी रोशनी सिकिस्त बि’रामी परेको बताएपछि राधिका पुगिन् । त्यहाँ पुग्दा रोशनीलाई बे’होस् भेटेपछि स्थानीयलाई खबर गरेर प्रहरीलाई बोलाइयो । बिहानै पुगेको प्रहरीले रोशनीलाई स्वंभुको मनमोहन अस्पताल पु¥याएलगतै अस्पतालले मृत घोषणा गर्यो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले माता भनिने उमा शाही ठकुरी र उनलाई सहयोग गरेको आशंकामा अन्य दुई जनालाई पक्राउ गर्यो । आफूलाई माता भन्ने उमा शाही ठकुरीले विगत २ महिनादेखि स्थानीय रामलाल लामाको ३ कोठे टहरा भाडामा लिई झा’रफूकको काम गदै आएकी थिइन् ।

रामलालका अनुसार छोरा विशालले अनुरोध गरेपछि रामलालले माताकै लागि भनेर टहरा निर्माण गरिदिएका थिए ।पक्राउ परेकी उनलाई प्रहरीले म्याद थप गरेर अनुसन्धानअघि बढाएको छ । उनीसँगै पक्राउ परेका दुई जनालाई भने प्रहरीले सामान्य तारेखमा छाडिदिएको छ ।

एक वर्षअघि पनि झा’रफूककै क्रममा तीनै उमाले भक्तपुरको लोकन्थलीका २७ वर्षीय रुद्र बहादुर श्रेष्ठलाई म’रणाश’न्न हुने गरी कु’टपिट गरेको रुद्रबहादुरका काका कृष्ण भक्त श्रेष्ठ बताउँछन् ।झारफुकका क्रममा मारिएकी रोशनीको श’व महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । प्रहरीले अन्धविश्वासकै कारण रोशनीको ज्यान गएको प्रारम्भिक अनुमान गरेको छ ।