
विरामी जँचाउन अस्पताल पुगेका सेवाग्राहीलाई मुख छाड्ने अस्पताल कर्मचारीको जागिर चट्ट !
Posted in Lifestyle
सिरहा । मधेश प्रदेशको सिरहा जिल्लाको लहानस्थित रहेको प्रादेशिक अस्पतालका विवादित कर्मचारीको जागिर चट्ट भएको छ ।
बुधबार लहान अस्पतालका एक कर्मचारीले विरामी जँचाउन अस्पताल पुगेका एक सेवाग्राहीमाथि गरेको अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका अस्पतालका नायब सुब्बा बासुदेव महतोको नोकरी खोसिएको छ ।
सेवा लिने क्रममा सेवाग्राहीलाई नेपालीमा “माचि...ने” भन्दै अश्लील गाली गर्ने प्रादेशिक अस्पताल लाहानका नायब सुब्बा महतोलाई विहिबार नै जागिरबाट निकालेको हो ।
सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले ना।सु महतोलाई गुनासो गर्न जादा सामान्य भनाभन पछि चर्काचर्की भएको थियो, सो क्रममा सेवाग्राहीसँग असभ्य व्यवहार गरेका नासु महतोलाई नोकरीबाट नै निलम्बन गरिएको छ ।
कार्यालय समयमा निलम्बित कर्मचारी महतोले उक्त सेवाग्राहीलाई अपशब्द भनेका थिए । अस्पताल प्रशासनको चर्को विरोध पछि ईलाका प्रहरी कार्यालय